logo

२०८१ मंसिर १७ सोमबार

logo
  • सोमबार, १७ मंसिर २०८१
  • बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा वर्षा

    बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा वर्षा

    351
    SHARES
    बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।



    महाशाखाका अनुसार अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ।

    यस्तै, आज राति, देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । आज सूर्योदय बिहान ५ बजेर ३६ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ३९ मा हुनेछ ।

     


    फास्ट न्युज
  • आइतबार, २ भाद्र २०८१
  • सम्बन्धित समाचार