logo

२०८३ बैशाख २४ बिहीबार

logo
  • २०८३ बैशाख २४ बिहीबार
  • आन्दोलन थप बलियो बनाउन शिक्षक तथा कर्मचारीलाई अध्यक्ष सुवेदीको आग्रह

    1KShares
    आन्दोलन थप बलियो बनाउन शिक्षक तथा कर्मचारीलाई अध्यक्ष सुवेदीको आग्रह

    काठमाडौं । नेपाल शिक्षक महासङ्घको अगुवाइमा काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने भएको छ । महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत मङ्गलबार पनि आन्दोलन जारी रहने भन्दै आन्दोलन बिना केही नपाइने भएकाले थप बलियो बनाउन शिक्षक तथा विद्यालय कर्मचारीलाई आग्रह गरेका छन् ।

    उनले भनेका छन्– ‘हाम्रो आन्दोलन जारी छ । आज पनि ठिक ११ बजे माइतीघर मण्डला आउनुहोला । राज्य दिन चाहँदैन, आन्दोलन बिना केही पाइँदैन । त्यसैले आन्दोलन बलियो गराऔँ ।’ उनले सोमबार राति शिक्षा मन्त्रालयमा विभिन्न विषयमा लामो छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको बताएका छन् ।



    फास्ट न्युज    
  • २०८२ बैशाख १६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट