logo

२०८३ असार १९ शुक्रबार

logo
  • २०८३ असार १९ शुक्रबार
  • बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त

    772Shares
    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त

    काठमाडौं । सरकारले चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल को रिक्त अध्यक्ष पदमा वरिष्ठ चिकित्सक डा. योगेन्द्रप्रसाद सिंहलाई नियुक्त गरेको छ।

    नियुक्तिपछि उनले आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता बाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शपथसँगै डा. सिंहले अस्पतालको अध्यक्षको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन्।

    अध्यक्ष पदका लागि प्राप्त आवेदनमध्ये छनोट समितिले डा. योगेन्द्रप्रसाद सिंह, डा. अजयकुमार झा र डा. विजयचन्द्र आचार्यको नाम अन्तिम सिफारिसमा पठाएको थियो। तीमध्येबाट डा. सिंह नियुक्त भएका हुन्।

    डा. सिंह त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल मा ४६ वर्ष लामो सेवा गरी अवकाश प्राप्त वरिष्ठ चिकित्सक हुन्। स्वास्थ्य क्षेत्रमा उनको लामो अनुभव र योगदानलाई ध्यानमा राख्दै सरकारद्वारा उनलाई अस्पतालको नेतृत्वको जिम्मेवारी दिइएको हो।



    फास्ट न्युज    
  • २०८३ असार १९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट