logo

२०८३ असार १० बुधबार

logo
  • २०८३ असार १० बुधबार
  • रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा

    865Shares
    रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने भएको छ।

    केन्द्रीय निर्वाचन आयोगले संशोधित कार्यतालिका सार्वजनिक गर्दै ९९ केन्द्रीय सदस्य पदका लागि ३८४ उम्मेदवारको प्रारम्भिक नामावली समेत सार्वजनिक गरेको जनाएको छ।

    आयोगका अनुसार उम्मेदवारी फिर्ता लिने समय साँझ ६ बजेसम्म तोकिएको छ भने उम्मेदवारहरूको अन्तिम नामावली साँझ साढे ६ बजे प्रकाशन गरिनेछ।

    मतदान सम्पन्न भएको दुई घण्टाभित्र मतपरिणाम सार्वजनिक गरिने आयोगले जानकारी दिएको छ।

    त्यसैगरी, दोस्रो चरणमा हुने पदाधिकारी निर्वाचनको कार्यतालिका मतपरिणामपछि सार्वजनिक गरिने जनाइएको छ।



    फास्ट न्युज    
  • २०८३ असार १०, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट