logo

२०८३ बैशाख १७ बिहीबार

logo
  • २०८३ बैशाख १७ बिहीबार
  • चितवनमा चैत २५ गतेदेखि ‘जापानिज इन्सेफ्लाइटिस’ विरुद्धको खोप अभियान

    799Shares
    चितवनमा चैत २५ गतेदेखि ‘जापानिज इन्सेफ्लाइटिस’ विरुद्धको खोप अभियान

    चितवन । जिल्लामा यही चैत २५ गतेदेखि ‘जापानिज इन्सेफलाइटिस’विरुद्धको खोप अभिान सुरुआत गरिने भएको छ । जिल्लाको माडी नगरपालिकामा १८ हजार ८११ जना र भरतपुर महानगरपालिका–१९ मा चार हजार २०४ जनालाई खोप लगाउन लागिएको हो ।

    जनस्वास्थ्य कार्यलयका प्रमुख निर्मल घिमिरेले अभियान यही चैत ३० गतेसम्म सञ्चालन हुनेछ । खोप लगाउन नपाएका ३० वर्ष उमेर समूहमाथिका र खोप लगाउन छुटेका १५ वर्षमुनिका बालबालिकालाई यो खोप दिन लागिएको उहाँले जानकारी दिए ।

    ‘जापानिज इन्सेफ्लाइटिस’का कारण जिल्लामा सन् २०२४ मा एक जनाको मृत्यु भएको थियो भने चार जना सङ्क्रमित भएका जनाइएको छ । सन् २०२५ मा १६ जना सङ्क्रमित हुँदा पाँच जनाको मृत्यु भएको कार्यालयका किट नियन्त्रक राम केसीले जानकारी दिए ।

    उनका अनुसार यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने किटजन्य सरुवा रोग हो । यो लामखुट्टे घर बाहिर वस्न रुचाउने, घर बाहिर नै टोक्ने, साँझ र बिहान बढी सक्रिय हुने गर्दछ । किट नियन्त्रक केसीले यो लामखुट्टेले सुँगुर, बङ्गुर, हाँसजस्ता पशुपन्छीलाई टोक्यो भने सर्दछ । धानखेतीमा समेत यस लामखुट्टेले अण्डा पारेर लार्भा बनाउने गरेको बताए ।



    फास्ट न्युज    
  • २०८२ चैत्र २२, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट