logo

२०८३ भाद्र १२ शुक्रबार

logo
  • २०८३ भाद्र १२ शुक्रबार
  • विदेश पठाएका श्रमिकको नियमित अनुगमन गर्न म्यानपावरलाई विभागको निर्देशन

    955Shares
    विदेश पठाएका श्रमिकको नियमित अनुगमन गर्न म्यानपावरलाई विभागको निर्देशन

    काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन दिएको छ। श्रमिकले रोजगार सम्झौताअनुसार सेवा–सुविधा पाए/नपाएको सुनिश्चित गर्नुपर्ने व्यवस्था समेत लागू गरिएको विभागले जनाएको छ।

    विभागले जारी गरेको सूचनाअनुसार विदेशमा कार्यरत नेपाली श्रमिकबाट तलब, सेवा–सुविधा, सुरक्षित आवास तथा श्रम अधिकारसम्बन्धी विभिन्न गुनासो प्राप्त भइरहेकाले उनीहरूको हकहित र सुरक्षाको प्रभावकारी संरक्षणका लागि नयाँ व्यवस्था लागू गरिएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनअनुसार म्यानपावर कम्पनीहरूलाई श्रमिकको अवस्थाबारे नियमित निगरानी गर्न भनिएको छ।

    अबदेखि म्यानपावर कम्पनीहरूले आफूले विदेश पठाएका प्रत्येक व्यक्ति तथा समूह (लट नम्बर) अन्तर्गतका श्रमिकहरूको अवस्थाबारे अनिवार्य रूपमा अनुगमन गर्नुपर्नेछ। साथै प्रत्येक महिनामा प्रत्येक समूहका कम्तीमा ५ देखि १० जना श्रमिकसँग प्रत्यक्ष सम्पर्क गरी तलब, सेवा–सुविधा, आवास, कार्य वातावरण तथा रोजगार सम्झौताका शर्त कार्यान्वयनको अवस्थाबारे जानकारी संकलन गर्नुपर्नेछ।

    रोजगार सम्झौताविपरीत अवस्था फेला परेमा सम्बन्धित म्यानपावर कम्पनीले रोजगारदाता कम्पनीसँग तत्काल समन्वय गरी समस्या समाधान गर्नुपर्ने विभागले जनाएको छ। संकलित विवरण विभागले तोकेको ढाँचामा प्रत्येक तीन महिनामा संस्था अनुगमन शाखामा पेश गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। विभागले विदेश जानुअघि श्रमिकलाई रोजगार सम्झौता, गन्तव्य मुलुकको कानुन, श्रम अधिकार, उपलब्ध सेवा–सुविधा तथा गुनासो दर्ता प्रक्रियाबारे स्पष्ट जानकारी दिन म्यानपावर कम्पनीहरूलाई निर्देशन दिएको छ।



    फास्ट न्युज    
  • २०८३ असार ५, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट