logo

२०८३ आश्विन २० मंगलवार

logo
  • २०८३ आश्विन २० मंगलवार
  • पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष

    1.1KShares
    पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष

    काठमाडौं ।  निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने बताएको छ ।

    विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नियमित महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेकै दिन आज देउवा पक्षका नेता श्यामकुमार घिमिरेले पार्टीको आधिकारितासम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसला नभई नियमित महाधिवेशनमा जाने पक्षमा आफूहरू नरहेको प्रतिक्रिया दिनुभएको हो ।

    कांग्रेसका निवर्तमान सांसदसमेत रहनुभएका घिमिरेले अदालतको फैसलापछि जुन पक्षले आधिकारिता पाए पनि नियमित महाधिवेशन सम्पन्न गरेर अघि बढनुपर्ने जिकिर गर्नुभयो । उहाँले कांग्रेसका दुवै पक्ष एक भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘सर्वाेच्च अदालतले छिटो फैसला दिनुपर्छ भन्ने मेराे आग्रह छ । सर्वाेच्चले अन्याेलमा नराखाेस् । यसरी अल्झाएर राख्दा सर्वोच्च अदालतप्रतिको जनविश्वास गुम्ने खतरा हुन्छ । फैसलाले जसलाई आधिकारिकता दिन्छ उसैको नेतृत्वमा हामीले नियमित महाधिवेशन गर्नुपर्छ ।’  नेता घिमिरेले देउवालाई बेवास्ता गरेर जाँदा चुनावमा कांग्रेसले लज्जास्पद हार व्यहोर्नुपरेको आरोपसमेत लगाउनुभयो ।



    फास्ट न्युज    
  • २०८२ चैत्र १०, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट