काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन कि नियमित महाधिवेशन भनेर रसाकसी चलिरहेको वेला खोटाङ कांग्रेसका पुर्व पार्टी सभापति र संविधान सभा सदस्यले आफ्नो हस्ताक्षर फिर्ता गरेका छन।
नेपाली कांग्रेस खोटाङका पुर्व सभापति नरेशकुमार श्रेष्ठ र संविधान सभा सदस्य हिरा गुरुङले नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक भैसकेको अवस्थामा विशेष महाधिवेशनको ओैचित्य समाप्त भएको भन्दै आफ्नो हस्ताक्षर फिर्ता लिएका छन्। हस्तक्षर फिर्ता लिएपछि सभापति श्रेष्ठले भने ” नियमित महाधिवेशनको लागि गरेको हाम्रो हस्ताक्षरले पार्टी फुटसम्म पुग्ने सम्भावना देखिए पछि हामीले हस्ताक्षर फिर्ता लिएका हौ । सबैले पार्टीलाई एक ढिक्का बनाएर लानु पर्छ।”
यसै गरि इच्छु रानामगर, विरकाजि राई र राकेश परियार लगायतले पनि आफुहरुले गरेको हस्ताक्षर फिर्ता लिने तयारी गरिरहेका छन्।


© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया