काठमाडौं । काठमाडौं महानरपालिका–२९ स्थित धोबीखोलामा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ ।
मृत भेटिएका व्यक्ति काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ घर भएका ५० वर्षीय ललित गिरी रहेको प्रहरी परिसर काठमाडौंले जानकारी दिएका छन् । घटनास्थलमा प्राप्त सूचनाका आधारमा प्रहरीले मुचुल्का उठाई अनुसन्धासन प्रक्रिया अघि बढाएको जनाएको छ। गिरीको शव उनको श्रीमतीले पहिचान गरेकी हुन्।
उनी साइकलसहित मृत भेटिएको प्रहरीले बताएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया