logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • महिला यू-१९ एसिया कपः नेपाललाई ९ विकेटले हराउँदै बंगलादेश फाइनलमा

    1.1KShares
    महिला यू-१९ एसिया कपः नेपाललाई ९ विकेटले हराउँदै बंगलादेश फाइनलमा

    काठमाडौं । नेपाल महिला यू-१९ एसिया कपको फाइनलमा पुग्न असफल भएको छ । आज भएको सुपर फोर अन्तरगतको खेलमा बंगलादेशसँग ९ विकेटको हार व्यहोर्दै नेपाल बाहिरिएको हो ।

    वर्षाका कारण ११ ओभरमा छोट्याइएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो ।तीन ब्याटरहरु दुर्भाग्यपूर्णरुपमा रन आउट भएपछि नेपाल बलियो स्कोरमा पुग्न सकेन । नेपालका दुवै ओपनर साना प्रविन र सावित्री धामी रनआउट भए । सबैभन्दा आशा गरिएकी कप्तान पूजा महतोले ११ बलमा ९ रन मात्रै जोड्न सकिन् ।

    नेपाल निर्धारित ११ ओभरमा ८ विकेट गुमाएर ५४ रन बनाएको थियो । बंगलादेशले एक विकेट क्षतिमा ९।५ ओभरमा लक्ष्य भेटेको हो । बंगलादेशको एक मात्र विकेट कुसुम गोदारले लिइन् । यो जितसँगै बंगलादेशले फाइनलमा स्थान सुरक्षित गरेको छ ।



    फास्ट न्युज    
  • २०८१ पुष ५, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट