logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • स्रोत नखुलेको २८ लाखसहित दुई जना पक्राउ

    994Shares
    स्रोत नखुलेको २८ लाखसहित दुई जना पक्राउ

    नगढी, कात्तिक १७ गते । कैलाली प्रहरीले स्रोत नखुलेको २८ लाख ३४० नेपाली रुपियाँसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटेको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका –३ मिलनचोकबाट उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा भारतको लखिमपुर खिरीस्थित पलियाका २९ वर्षीय सागर गुप्ता र २७ वर्षीय हरचित गुप्ता छन् । उनीहरु युपी ३१ सिएन ११७५ नम्बरको कारमा आएका थिए । विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताउनुभयो । उहाँले पक्राउ परेका दुवैलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक १७, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट