logo

२०८१ माघ ६ आइतबार

logo
  • आइतबार, ६ माघ २०८१
  • तराई-मधेश क्षेत्रमा अझै केहीदिन तातो हावा चल्ने

    तराई-मधेश क्षेत्रमा अझै केहीदिन तातो हावा चल्ने

    702
    SHARES
    तराई-मधेश क्षेत्रमा अझै केहीदिन तातो हावा चल्ने

    काठमाडौं । लुम्बिनी प्रदेशसहित तराईका विभिन्न भूभागमा अझै ५ दिनसम्म तातो हावा चल्ने भएको छ । आजदेखि २० गतेसम्म तातो लहर चल्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।



    लुम्बिनी, मधेशसहितका अधिकांश जिल्लामा केही दिनअघि बाटै ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम मापन गरिएको र यो तापक्रम अझै केही दिन नघट्ने महाशाखाले जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ ।

    पछिल्लो २४ घन्टामा भैरहवामा सर्वाधिक ४२.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । त्यस्तै दोस्रो स्थानमा नेपालगञ्जमा ४०।५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दाङको घोराही, भैरहवा, विराटनगरमा तातो हावा चल्ने प्रक्षेपण गरिएको छ । महाशाखाका अनुसार तराईमात्रै नभएर पहाडी जिल्लाका खोंच तथा उपत्यकामा पनि तापक्रम बढ्ने अनुमान छ । दोलखाको जिरीमा पनि तातो हावा चल्न सक्ने महाशाखाले उल्लेख गरेको छ ।

    महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले शनिबार ३८ डिग्रीभन्दा तल अधिकतम् मापन गरिएका मधेश सिरहा, सप्तरीलगायत जिल्लामा आज तापक्रम बढ्न सक्ने देखिएको उनले बताए ।

    ‘मधेश र पूर्वी तराईका केही जिल्लामा हिजो (शनिबार) बादल लागेको थियो । आज बादल हटेर तापक्रम बढ्ने देखिन्छ’, उनले भने, ‘अझै केही दिन तापक्रम घट्ने त्यस्तो संकेत देखिएको छैन ।’

    लुम्बिनी, मधेश र कोशी प्रदेशका तराई भागमा आइतबार दिउँसोमात्रै नभएर साँझ पनि केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको मौसमविद् अधिकारीले सुनाए ।

    शनिबार गण्डकी र कर्णालीका उच्च पहाडी भागमा छिटफुट वर्षा भएको थियो । मौसमविद् अधिकारीले स्थानीय र पश्चिमी वायुको प्रभावले कोशी, गण्डकीका केही भागमा मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना छ । ‘अन्य ठाउँमा उल्लेख्य वर्षा गराउने त्यस्तै केही प्रणाली छैन’, उनले भने ।


    फास्ट न्युज
  • आइतबार, १६ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट