logo

२०८१ माघ २७ आइतबार

logo
  • आइतबार, २७ माघ २०८१
  • दुग्ध विकासले किसानलाई ४८ करोड भुक्तानी गर्यो

    दुग्ध विकासले किसानलाई ४८ करोड भुक्तानी गर्यो

    767
    SHARES
    दुग्ध विकासले किसानलाई ४८ करोड भुक्तानी गर्यो

    काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड भुक्तानी गरेको छ । डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा ४८ करोड रुपियाँ भुक्तानी गरेको हो ।



    संस्थानका निमित्त महाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले गर्मी याम प्रारम्भ भएसँगै दुग्धजन्य पदार्थ ९दूध, दही, मोही, पनिर, लसी, आइसक्रिम०को बिक्री बढेकाले किसानको रकम भुक्तानी गर्न सहज भएको राससलाई जानकारी दिनुभयो ।

    “गर्मीमा दुग्धजन्य पदार्थको बिक्रीमा पचास प्रतिशतले बिक्री बढेकाले नगद प्रवाह बढेको र कृषक भुक्तानीलगायत अन्य भुक्तानीमा क्रमिक रूपले सहज भएको छ”, अधिकारीले भन्नुभयो । डिडिसीले वैशाख लागेपछि विराटनगर क्षेत्रमा १० करोड, जनकपुर क्षेत्रमा एक करोड, हेटौँडा क्षेत्रमा आठ करोड, लुम्बिनी क्षेत्रमा चार करोड २५ लाख, नेपालगञ्ज क्षेत्रमा दुई करोड ७५ लाख, धनगढी क्षेत्रमा एक करोड ५० लाख र काठमाडौँ क्षेत्रमा १३ करोड रुपियाँ किसानको रकम भुक्तानी गरेको हो ।

    डिडिसीले हेटौँडामा सञ्चालन गरेको डिडिसी पशु आहारा उद्योगबाट किसानले दाना खरिद गरी पैसा भुक्तानी गर्न बाँकी रु छ करोड रकम कट्टासमेत गरेको निमित्त महाप्रबन्धक अधिकारीले बताउनुभयो । डिडिसीको हेटौँडामा सञ्चालित पशु आहारा उद्योगबाट मासिक पाँच लाख किलो दाना उत्पादन हुँदै आएको छ ।

     


    फास्ट न्युज
  • शुक्रबार, १४ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट