logo

२०८२ माघ ११ आईतवार

logo
  • २०८२ माघ ११ आईतवार
  • खोटाङमा डढेलो निभाउने क्रममा एकजना बृद्वको जलेर मृत्यु

    991Shares
    खोटाङमा डढेलो निभाउने क्रममा एकजना बृद्वको जलेर मृत्यु

    खोटाङमा आँफैले लगाएको डढेलो निभाउने क्रममा एकजना बृद्धको जलेर मृत्यु भएको छ। रावावेंशी गाउँपालिका–१ कुभिण्डे हरमटारका ८५ वर्षीय सिद्धि बहादुर श्रेष्ठको जलेर मृत्यु भएको छ।

    हिजो बुधबार अपरान्ह २ः३० बजे हरमटारस्थित मैनचौर सामुदायिक वनको झिक्रा तथा पत्करमा लगाएको डढेलो अनियन्त्रित भएपछि निभाउने क्रममा श्रेष्ठको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
    श्रेष्ठको जलेर मृत्यु भएको खबर स्थानीयले प्रहरी चौकीमा खवर गरेपछि प्रहरी टोली घट्नास्थलमा खटेको छ ।

    थप अनुसन्धान तथा कानुनि प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोली घट्नास्थलमा गएको डिएसपी पुरुषोत्तम खड्काले बताए।



    फास्ट न्युज    
  • २०८१ बैशाख १३, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट