logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • प्रतिनिधिसभा बैठक: विषेश कारणवश प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यसूचीबाट हटाइयो

    943Shares
    प्रतिनिधिसभा बैठक: विषेश कारणवश प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यसूचीबाट हटाइयो

    काठमाडौँ । प्रतिनिधिसभाको बुधबारको बैठकको सम्भावित कार्यसूचीबाट विषेश कारणवश ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’ सूची हटाइएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले समसामयिक विषयमा राख्नुहुने जिज्ञासाको जवाफ दिने सम्भावित कार्यसूची रहेको थियो । प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको प्रावधान रहेको छ ।

    सभामुख देवराज घिमिरेले सदनको बुधबारको बैठकमा विषेश कारणवश प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यसूचीबाट हटाएको जानकारी गराउनुभयो ।

    कार्यसूचीमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने रहेको छ । यसैगरी मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।



    फास्ट न्युज    
  • २०८२ भाद्र ४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट