काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री आज नेपाल भ्रमणमा आउँदैछन् । परराष्ट्र मन्त्रालयले विदेश सचिव मिश्री आज नेपाल आउने जानकारी दिएको हो ।
दुई दिने नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायतलाई भेट्ने कार्यक्रम तय भएको छ । भ्रमणका क्रममा नेपाल र भारतका परराष्ट्र सचिवबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षमा छलफल हुने जनाइएको छ ।
विदेश सचिव मिश्रीले प्रधानमन्त्री ओलीसँग भेटेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गर्नेछन् । विदेश सचिव मिश्रीले राष्ट्रपति, परराष्ट्रमन्त्री, परराष्ट्रसचिव लगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । उनी सोमबार स्वदेश फर्किनेछन् ।प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणको तयारी बारे छलफल गर्न विदेश सचिव मिश्री नेपाल आउन लागेको बुझिएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया