logo

२०८२ माघ ११ आईतवार

logo
  • २०८२ माघ ११ आईतवार
  • भर्नाको हताराेबीच नाम फेर्ने चटाराे: १७६ निजी विद्यालयले पठाए नेपाली नामकाे प्रस्ताव

    • rojan   rojan
    • २०८१ बैशाख २, आईतवार
    838Shares
    भर्नाको हताराेबीच नाम फेर्ने चटाराे: १७६ निजी विद्यालयले पठाए नेपाली नामकाे प्रस्ताव

    काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित निजी विद्यालयहरुलाई नेपालीपन झल्कने नाम राख्ने प्रकिया अघि बढाउन दिएको समयसीमा सकिएको छ । यतिबेला विद्यालयहरुमा भर्ना अभियान चलिरहेको छ । भर्नाको चटारोले गर्दा नाम जुराउनेतर्फ निजी विद्यालयहरुले ध्यान दिन पाएका छैनन् ।

    विद्यालय सञ्चालकहरु व्यवस्थापन समितिसँग नेपालीपन झल्किने मौलिक नामको खोजीमा निरन्तर छलफल र बैठकमा रहेको बताउँछन् । महानगरले आफ्नो क्षेत्राधिकारभित्रका सबै निजी विद्यालयको नाम अनिवार्य नेपालीपन झल्किने मौलिक हुनुपर्ने भन्दै गत साता सूचना जारी गरेको थियो । सूचनामार्फत महानगरले अंग्रेजी वा अन्य भाषाका नाम परिवर्तन गरी मौलिक नेपाली नामकरण गर्न एक हप्ताको अल्टिमेटम दिएको थियो ।

    शिक्षा नियमावली २०५९ (संशोधनसहित) को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था छ ।



    फास्ट न्युज    
  • २०८१ बैशाख २, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट