logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • एमालेबाट निर्वाचित बागमती प्रदेशका वडाध्यक्षहरूको भेला आजदेखि

    1KShares
    एमालेबाट निर्वाचित बागमती प्रदेशका वडाध्यक्षहरूको भेला आजदेखि

    काठमाडौं । नेकपा एमालेबाट निर्वाचित बागमती प्रदेशका वडाध्यक्षहरूको भेला आज सुरु हुँदैछ । भेलाको प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको गोदावरीमा बिहान ११ बजे उद्‌घाटन गर्ने कार्यक्रम रहेको छ ।

    बागमती प्रदेश इन्चार्ज डा। राजन भट्टराईका अनुसार पार्टीको सङ्गठन विस्तारका लागि जनताका अपेक्षाहरू सङ्कलन गरेर त्यस अनुसार नीति तथा कार्यक्रम तय गर्नका लागि वडाअध्यक्षहरूको भेला बोलाइएको हो ।

    एमाले बागमती प्रदेश कमिटीले बोलाएको भेलामा बागमतीका १० जिल्लाबाट एमालेबाट निर्वाचित ३५९ जना वडाअध्यक्षहरू सहभागी हुनेछन् । निर्वाचित जनप्रतिनिधिको सबैभन्दा तल्लो निकायका रुपमा वडाअध्यक्षहरूसँग एमाले र वर्तमान सरकारप्रति आम जनताको धारणा बुझ्ने र त्यसलाई सम्बोधन गर्न वडा तहदेखि केन्द्र तहसम्म नै रणनीति बनाउने एमालेको तयारी रहेको छ । भेला भोलिसम्म चल्नेछ ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ११, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट