काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि सबै नागरिकले आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।पूर्व–पश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ खण्ड एसियाली मापदण्डमा निर्माण सम्पन्न भएपछि आयोजित उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सडक निर्माणलाई राष्ट्रिय गौरवको परियोजना ठहर गर्दै यस्ता पूर्वाधारले देशको समग्र विकासमा टेवा पु¥याउने बताएका हुन् ।
‘हामीले आफ्नो मनोवललाई उच्च राखौं। हामी गर्न सक्छौं। कुनै पनि देश अर्काले आएर बनाइदिँदैन,’ प्रधानमन्त्री ओलीले भने।
उनले कम खर्च बढी लाभ दिनेगरी प्रविधिको प्रयोग गर्ने पनि बताए।प्रविधिको प्रयोग गरेर आधुनिकतातर्फ छिटो अगाढि बढ्न सक्ने पनि बताए।प्रधानमन्त्री ओलीले पूर्वाधार विकासलाई आफ्नो सरकारको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै सडक, पुल, हवाई यातायात, केवलकार, सञ्चार, इन्टरनेट सेवा, स्वास्थ्य, शिक्षा, खेलकुद र विद्युत उत्पादनका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भइसकेको दाबी गरे । उनले चितवनलाई भौगोलिक दृष्टिले केन्द्रमा रहेको भन्दै शिक्षा, स्वास्थ्य, पर्यटन र समग्र विकासको हिसाबले चितवनलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाए ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया