logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • तराई–मधेश जागरण अभियानले माओवादीप्रति जनताको भरोसा बढायो : प्रचण्ड

    919Shares
    तराई–मधेश जागरण अभियानले माओवादीप्रति जनताको भरोसा बढायो : प्रचण्ड

    काठमाडौं । नेकपा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको भरोसा माओवादीप्रति बढेको बताएका छन् ।गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष क.पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पूर्व पश्चिम हुलाकी लोकमार्ग केन्द्रीत जनतासँग माओवादी तराई मधेस जागरण अभियान टिम अन्तर्गत नवलपुरको गैडाकोट पुगेका छन् ।माओवादी नै परिवर्तनको बाहक भएको भन्दै उनले सुशासन, सामाजिक न्यायका निम्ति माओवादीले सधैं पहरेदारी गर्ने बताए ।

    राष्ट्रिय राजनीतिमा संकट आउने खतरा देखेपछि केही दिन अभियान रोकेर माओवादी काठमाडौंमा केन्द्रित भएको बताएका प्रचण्डले १५ चैतको जनप्रदर्शन र जनसभाले त्यो खतरा चिरेको दावी गरे ।

    अभियान टिमलाई नवलपुरको गैडाकोटमा भव्य स्वागत गरिएको छ । अध्यक्ष प्रचण्ड लगायतका नेताहरू आज र भोलि नवलपुरका जनतासंग रहनुहुने छन् ।



    फास्ट न्युज    
  • २०८२ बैशाख १, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट