logo

२०८३ जेष्ठ २७ बुधबार

logo
  • २०८३ जेष्ठ २७ बुधबार
  • राजावादीको प्रदर्शन : मृत्यु हुनेको सङख्या २ पुग्यो, पत्रकार जलेको अवस्थामा मृत भेटिए

    985Shares
    राजावादीको प्रदर्शन : मृत्यु हुनेको सङख्या २ पुग्यो, पत्रकार जलेको अवस्थामा मृत भेटिए

    काठमाडौं । शुक्रबार भएको राजावादीहरुको प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको छ । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका  कीर्तिपुर–४ बस्ने बर्ष २९ को सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

    यस्तै राजावादीले आगजनी गरेको काठमाडौँको तीनकुनेस्थित एक घरमा जलेर एकजना व्यक्तिको मृत्यु भएको पाइएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो ।

    उक्त भवनमा आगो लगाइएपछि जलेर ज्यान गुमाएको अवस्थामा रजकको शव भेटिएको हो । तर जलेर मृत्यु भएका उनको शव नचिनिने अवस्थामा भेटिएको छ ।उक्त भवनमा आन्दोलनको भिडियो खिचिरहेका बेला अचानक आगलागी भएकोमा बाहिर निस्कन नपाई निसास्सिएर उनको मृत्यु भएको हो । उनी त्यहाँ थुनिएको खबर प्रहरी र काठमाडौंका सीडीओलाई गर्दा समेत उद्धार नगरिएको एभिन्युज टेलिभिजनले जनाएको छ । प्रदर्शनका क्रममा अन्य २५ जना घाइते भएका छन् । उघाइते मध्ये केही सुरक्षाकर्मी पनि रहेको अस्पतालले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ चैत्र १५, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट