काठमाडौं । नाे केलकार समूह मसालसहित फुङलिङ बजार प्रवेश गरेपछि शनिबार साँझ प्रहरीसँग झडप भएकाे छ । झडपका क्रममा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् । काफ्लेपाटीबाट फर्किएको समूहले फुङलिङमा नारा जुलुससहित राँके जुलुस प्रदर्शन गरेका थिए ।
वीरेन्द्र चोकमा झडप भएको हो । प्रदर्शनमा राजेन्द्र महताेकाे नेतृत्वमा मधेश प्रदेशबाट आएसमेत भएकाे बुझिएकाे छ । प्रदर्शनकारीले केही घरमा आगाजानी र प्रहरीमाथि आगाेकाे मुस्लाे फ्याँकेका थिए ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयाेग गरेकाे सीडीओ नेत्रप्रसाद पाैडेलले केही सञ्चारमाध्यमलाई बताए । झडपपछि सुरक्षा समितिको बैठक बसेको पाैडेलले बताए । केही घरमा आगजानीकाे प्रयास भएकाे र क-कसकाे घरमा भन्ने बुझ्ने प्रयास जारी छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया