काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिककर्मीहरुद्धारा गरिने साहित्य सृजनाले सामाजिक परिवर्तनको अभियानलाई थप बल पु¥याउने बताएकी छिन् ।
शुक्रबार काठमाडौंमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पुस्तक विमोचन समारोहमा उनले साहित्य समाजको दर्पण मात्र नभई राजनीतिक परिवर्तन तथा सामाजिक रुपान्तरणको लागि महत्वपूर्ण माध्यम पनि भएको बताइन् ।
उनले भने, ‘मेरो शुभकामना छ । फेरि राजनीतिमा आउन चाहनुभएको हो कि साथीहरूले इच्छा राख्नुभएको हो कि भन्ने पनि चर्चा छ । यहाँको सफलताको म सम्मान गर्छु यदि कसैले मलाई तिम्रो देशको शीतल निवासबाट निस्किएको पूर्वराष्ट्रपतिले के गर्नुपर्छ भनेर सोध्नुभयो भने मैले सामाजिक अभिभावक यो देशलाई चाहिएको । राजनीतिमा आएर कसैको मात्रै बन्ने पनि सुविधा छ । राजनीतिभन्दा पर सामाजिक परिवर्तनको नायक बनेर सबैको बन्ने अवसर पनि छ ।’यदी कसैले सोध्छ तिम्रो देशको शीतल निवासबाट निस्केको पूर्वराष्ट्रपति के गर्नुपर्छ भन्यो भने मैले सामाजिक अविभावक यो देशलाई चाहिएको छ । ताकि कुनै आमाहरुले पीडा सहन नपरोस् । राजनीतिमा लागेर कसैको मात्र बन्ने पनि सुविधा छ । राजनीतिभन्दा पर अर्थात माथि सामाजिक परिवर्तनको नायक बन्न जरुरी पनि छ ।’
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया