काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सरकारविरुद्ध निर्णायक आन्दोलन गर्ने तयारी गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर महासंघले निर्णायक आन्दोलनको तयारीका लागि पुस २७ गते काठमाडौंमा राष्ट्रिय भेला बोलाइएको जानकारी गराएको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले निर्णायक आन्दोलनको तयारीका लागि पुष २७ गते शनिबार काठमाडौंमा राष्ट्रिय भेला बोलाइएको जनाएको हो ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले निर्णायक आन्दोलनको तयारीका लागि पुष २७ गते शनिबार काठमाडौंमा राष्ट्रिय भेला बोलाइएको जनाएको हो ।
भेलामा देशभरका निर्माण व्यवसायीहरूको प्रतिनिधित्व हुने र आन्दोलनको अन्तिम खाका बनाइने महासंघले जनाएको छ । निर्माण उद्योगप्रतिको सरकारले उदासिनता देखाएको भन्दै त्यसका विरुद्ध निर्णायक आन्दोलनको विकल्प नभएको महासंघका सभापति रवि सिंहले बताएका छन् ।
खस्किँदो अवस्थामा रहेको मुलुकको अर्थतन्त्र उकास्न सबैभन्दा महत्त्वपूर्ण क्षेत्र निर्माण भए पनि निर्माण क्षेत्रले नै अत्यन्तै जटिल समस्या भोगिरहेको उनको भनाइ छ ।
यसबीचमा पनि महासंघले समस्या समाधानका लागि प्रधानमन्त्रीसहित विकास मन्त्रालयका मन्त्रीहरू, मुख्य सचिव, सचिवहरू, महानिर्देशकहरूलाई प्रत्यक्ष भेटी ज्ञापन पत्र बुझाउँदा समेत ठोस सुनुवाइ नभएको गुनासो रहेको छ ।
प्रतिक्रिया