logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • चीनले विश्वको सबैभन्दा लामो ‘एक्सप्रेसवे’ सुरुङ मार्ग निर्माण गर्यो

    937Shares
    चीनले विश्वको सबैभन्दा लामो ‘एक्सप्रेसवे’ सुरुङ मार्ग निर्माण गर्यो

    बेइजिङ ।चीनले विश्वको सबैभन्दा लामो ‘एक्सप्रेसवे’ (द्रुतमार्ग) सुरुङ निर्माण गरेको छ । चीनले शिनजियाङ्गमा चार वर्ष लगाएर विश्वको सबैभन्दा लामो एक्सप्रेसवे सुरुङ निर्माण गरेको हो ।

    तियानशान शेङ्गली सुरुङ २२ किलोमिटर १३ मिटर लामो रहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यो सुरुङ तियानशान पर्वत भएर यात्राको समय कम गर्नका लागि बनाइएको हो । शिनजियाङ्ग चीनको स्वायत्त क्षेत्र हो ।

    एक्सप्रेसवे सुरुङ सञ्चालनमा आएपछि उत्तरी र दक्षिणी शिनजियाङ्गको बीचमा सम्पर्क सुधार हुने खबरमा उल्लेख छ । शिनजियाङ्गको दक्षिण–पश्चिम सीमा भारतसँग जोडिएको छ ।

    तियानशान सुरुङ निर्माणको काम सन् २०२० को अप्रिलमा शुरू भएको थियो । सुरुङ निर्माणका क्रममा तीन हजार मिटरभन्दा धेरैको उचाइमा रहेको जटिल भौगोलिक अवस्थालगायत धेरै कठिनाइहरूको सामना गर्नुपरेको थियो ।

    यो सुरुङ निर्माण गर्न टीबीएम मेशिनको प्रयोग भएको थियो । चीनमा सडक सुरुङ निर्माण गर्न पहिलो पटक टनेल बोरिङ मेशिन (टीबीएम) प्रयोग भएको हो । यो मेशिनको प्रयोगका कारण सुरुङ निर्माणमा लाग्ने समय १० वर्षबाट घटेर चार वर्षमा झरेको थियो । निर्माण कार्यमा तीन हजार जनाभन्दा धेरै श्रमिक खटाइएको थियो ।

    एक्सप्रेसवे सुरुङका कारण तियानशान पर्वतको बीचको यात्राको समय तीन घण्टाबाट घटेर २० मिनेटमा झर्ने सिन्ह्वाको खबरमा उल्लेख छ । यो सुरुङ आउँदो वर्ष सञ्चालनमा आउनेछ



    फास्ट न्युज    
  • २०८१ पुष १६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट