काठमाडौं । कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ६९ औँ स्थापना दिवस मनाएको छ ।
दिवसका अवसरमा आइतबार बार परिसर रामशाहपथमा पहिलो बार कार्यसमितिमा रहेका कार्यसमिति सदस्यहरुको तस्वीरमा माल्र्यापण गरेर बार डे मनाइएको हो । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले बार दिवस–२०८१ बिभिन्न कार्यक्रमको आयोजना गरि देशैभरका कार्यालयहरुमा मनाइएको जानकारी दिनुभयो । बारले निरंकुश व्यवस्थासंग लडेको, अन्य थुप्रै न्यायीक सुधारहरुमा लडिरहेको उहाले बताएका छन् ।
उहाले न्यायालयमा हुने गरेको बेतिथिका बिरुद्ध बारको लडाई निरन्तर रहेको धारणा राख्नुभयो । घिमिरेले न्यायाधीश नियुक्तीमा भएको ढिलाईमा बारको कुनै भूमिका नरहेको भन्दै छिटै बारकातर्फबाट नाम पठाइने जानकारी दिएका छन् ।
नेपाल बार एसोसिएसनले निरंकुश व्यवस्थाका लागि लड्यो । अन्य थुप्रै न्यायिक सुधारका मुद्दाहरुमा बार एसोसिएसन लडिरहेको छ । बार एसोसिएसन अहिले पनि त्यहीँ अभियानमा छ,’ अध्यक्ष घिमिरेले भने, ‘हामी मुलुकका बेथितिका विषयमा बोल्छौं । विशेषगरी जनताले न्याय प्राप्त गर्नुपर्छ भन्ने विषयमा हाम्रो फोकस रहनेछ ।’
अध्यक्ष घिमिरेले सबै मिलेर न्यायिक सुधार गर्न सकिने पनि बताए । उनले भने, ‘हामी सबै मिलेर न्यायिक सुधार गर्न सक्छौं । एक्लै कसैको पनि सामथ्र्य छैन ।’
२०१२ साल पुस ७ गते स्थापना भएको नेपाल बार एसोसिएसनले वकिलहरूको हकहित संरक्षण, कानूनी पेशाको स्तरोन्नति, र नागरिकहरूको न्यायमा पहुँच सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया