logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • वामदेव र एकिकृत समाजवादीबीच एकता हुने

    889Shares
    वामदेव र एकिकृत समाजवादीबीच एकता हुने

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल एकताको छलफल गर्न वामदेव गौतम निवास पुगेका छन् ।
    बिहीबार साँझ अध्यक्ष नेपालसहित वरिष्ठ नेता प्रमेश हमाल, स्थायी कमिटी सदस्य बलराम बास्कोटा गौतम निवास पुगेका हुन् ।

    भेटमा गौतम संयोजक रहेको पार्टी नेकपा राष्ट्रिय एकता अभियानको तर्फबाट डीबी कार्कीलगायत नेताहरू पनि रहेको बताइएको छ ।
    “एकता प्रक्रिया अघि बढाउने कुरामा दुवै पक्षमा सहमति जुटेको छ । आजको भेट निकै सकारात्मक भएको छ ।” -बलराम बास्कोटाले बताए ।
    यसअघि भएको एकीकृत समाजवादीको बैठकले वामदेव गौतमलाई पार्टीमा ल्याउने निर्णय भएको थियो ।



    फास्ट न्युज    
  • २०८१ पुष ५, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार