logo

२०८१ माघ ६ आइतबार

logo
  • आइतबार, ६ माघ २०८१
  • मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन संशोधन गर्न माग

    मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन संशोधन गर्न माग

    923
    SHARES
    मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन संशोधन गर्न माग
    काठमाडौँ।  मानव बेचबिखन तथा ओसारपसार (यन्त्रण)  ऐन, २०६४, अन्तर्राष्ट्रिय महासन्धि ‘पालेर्मो प्रोटोकल’अनुसार संशोधन गर्नुपर्ने सरोकारवालाको माग रहेको छ ।
    संयुक्त राष्ट्रसङ्घले अन्तरदेशीय सङ्गठित अपराधलाई संयुक्त रुपमा सम्बोधन गर्न अन्तरदेशीय सङ्गठित अपराधविरुद्ध महासन्धि जारी गरेको थियो । तीनवटा ‘प्रोटोकल’ समेटिएको ‘पालेर्मो प्रोटोकल’लाई नेपालले १६ जुन २०२० मा अनुमोदन गरेको थियो ।
    प्रतिनिधिसभा महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह नेपाल  एटविनले उक्त ऐन संशोधनका बुँदा प्रस्तुत गरेको थियो ।
    मानव बेचबिखनविरुद्ध काम गर्ने ४४ वटा संस्थाको सङ्गठित समूह ९एटविन० का कार्यकारी निर्देशक बिनु माया गुरुङले ऐनको परिभाषा नै सङ्कुचित रहेको बताउनुभयो । उहाँका अनुसार ऐनमा महिलाको शारीरिक बेचबिखन मात्रै मावन बेचबिखनमा साँघुरो पारिएको छ । यसलाई ‘पालेर्मो प्रोटोकल’मा उल्लेख गरे जस्तै, श्रम शोषणबारे पनि सम्बोधन गरिनुपर्ने उहाँको भनाइ छ । पीडितको गोपनीयता, बाल अधिकार, बाल शोषणजस्ता विषयमा ऐन संशोधनको आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो ।
    बैठकमा गृहन्त्रालयका निमित्त सचिव चक्रप्रसाद अधिकारीले समयसापेक्ष मानव बेचबिखनका तरिका फेरिँदै गएको र यसको न्यूनीकरणमा सरोकारवाला, राज्य र प्रहरी संयन्त्रसहित सबैको दायित्व हुने बताउनुभयो ।
    समितिका सदस्यहरुले मानव बेचबिखन नियन्त्रणका  उपायबारे सुझाव दिनुभएको थियो । अधिकांश सांसदले सीमा क्षेत्रमा कडाइ गर्न सके धेरै हदसम्म बेचबिखन न्यूनीकरण गर्न सकिने धारणा राख्नुभएको थियो । सांसद जावेदा खातुनले मानव बेचबखिनको सबैभन्दा जोखिम भारत खुल्ला सिमाना क्षेत्र भएको बताउँदै नियन्त्रणका लागि सिसी टिभीको निगरानी र परिचयपत्र अनिवार्य रुपमा हेर्नुपर्ने सुझाव दिनुभयो । सांसद रोशन कार्कीले सीमामै कडाइ गर्न गृहमन्त्रालयले जोड दिनुपर्ने बताउनुभयो । सांसद ईश्वरबहादुर रिजालले नियन्त्रण संयन्त्र बलियो बनाउनुका साथै जनचेतना र रोजगार सिर्जना गर्नेतर्फ राज्य तत्पर हुनुपर्ने बताउनुभयो ।


    फास्ट न्युज
  • आइतबार, २ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट