logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • चीनसँग भएको ‘बीआरआई’ समझदारी सार्वजनिक गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको माग

    958Shares
    चीनसँग भएको ‘बीआरआई’ समझदारी सार्वजनिक गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको माग

    काठमाण्डाै । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले चीनसँग भएको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) समझदारीपत्र सार्वजनिक गर्न माग गरेको छ । सरकारले गरेका सन्धि–सम्झौता, समझदारीलगायतका काम कारबाहीका बारेमा सुसूचित हुने नेपाली नागरिकको अधिकार संविधानले सुनिश्चित गरेको भन्दै ट्रान्सपरेन्सीले बीआरआईको समझदारीपत्र सार्वजनिक गर्न माग गरेको हो ।

    आज विज्ञप्ति निकालेर ट्रान्सपरेन्सीले अहिले चर्चामा रहेको नेपाल सरकार र मित्रराष्ट्र चीन सरकारबीच सन् २०१७ मा हस्ताक्षर भएको बीआरआईको समझदारीपत्र अहिलेसम्म किन सार्वजनिक नगरेको भन्दै शङ्कासमेत व्यक्त गरेको छ ।

    विभिन्न मित्रराष्ट्र एवम् अन्तर्राष्ट्रिय निकायसँग नेपाल सरकारले गरेका र गर्ने समझदारी तथा सम्झौताहरू सार्वजनिक गरी सरकारको काम कारबाही पारदर्शी बनाउने अभ्यास स्थापित गर्नसमेत ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आग्रह गरेको छ ।



    फास्ट न्युज    
  • २०८१ मंसिर ९, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट