logo

२०८३ श्रावण २२ शुक्रबार

logo
  • २०८३ श्रावण २२ शुक्रबार
  • कर्णाली प्रदेश अस्पतालको निर्देशकमा ढकाल नियुक्त

    937Shares
    कर्णाली प्रदेश अस्पतालको निर्देशकमा ढकाल नियुक्त

    काठमाडौँ। प्रदेश अस्पताल सुर्खेतको निर्देशकमा डा. केशरबहादुर ढकाल नियुक्त भएका छन् । कर्णाली प्रदेश सरकारको शनिबार सम्पन्न मन्त्रिपरिषद् बैठकले सोही अस्पतालमा प्रसूति तथा स्त्री रोग विशेषज्ञका रुपमा कार्यरत डा. ढकाललाई अस्पताल निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।निर्देशकका लागि सामाजिक विकास मन्त्रालयले अस्पतालमै कार्यरत मेडिकल सुपरिटेन्डेन्ट प्रमुख गणेश थापा र ढकालको गरी दुई जनाको नाम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस गरेको थियो ।

    यस्तै, बैठकले प्रदेश सचिवलाई कामकाजमा खटाउने सम्बन्धी निर्णय समेत गरेको छ। जसमा प्रदेश सचिव पुष्पराज शाहीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा, इन्द्रदेव भट्टलाई जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा र ईश्वरचन्द्र मरठालाई भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्रालयमा खटाइएको छ।



    फास्ट न्युज    
  • २०८१ मंसिर २, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट