logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • नरसिंहा अवतार’ मा राजेश हमालको लुक्स

    913Shares
    नरसिंहा अवतार’ मा राजेश हमालको लुक्स

     काठमाडाैं | फिल्म ‘नरसिंहा अवतार’ मार्फत महानायक राजेश हमालले सात वर्षपछि फिल्ममा कमब्याक गर्दैछन् । यो फिल्मका निर्देशक दिवाकर भट्टराईले हमाललाई कमब्याक गराउन लागेका हुन् ।

    राजधानीको बालाजुमा अवस्थित एनएफडिसि स्टुडियोमा फिल्मको मुहूर्त गरी छायाँकन शुरु गरिएको हो। मुहूर्त समारोहमा फिल्मका मुख्य कलाकारहरू राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, अर्जुन श्रेष्ठ, प्राविधिकलगायतको सहभागीता थियो। एक्सन तथा सोसल ड्रामामा निर्माण हुने फिल्म निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्दैछन्।

    निर्देशक भट्टराईले फिल्मका लागि अभिनेता हमाललाई मनाउन ३ महिना लागेको र हमालले धेरै स्क्रिप्ट नगरेर आफ्नो स्क्रिप्टमा काम गरेको दाबी गरे। अभिनेता हमालले भने फिल्मको कथा आफूले अहिलेसम्म अभिनय गरेको भन्दा फरक रहेकोले अभिनय गर्न लागेको बताए।

    उनले लामो समयपछि फिल्ममा काम गर्न पाउँदा आफु निकै उत्साहित रहेको समेत बताए । यो फिल्म मार्फत नेपाली फिल्म क्षेत्रमा आफुले डेब्यु गर्न लागेको जस्तो महसुस भएको बताउदै उनले भने, ‘मैले तिसौं बर्ष फिल्ममा काम गरेपनि अहिले मलाई त्यो अनुभव भन्दा पनि नव कलाकार हुँ जस्तो लागेको छ ।’

    यो फिल्ममा सनिशा भट्टराई, नीति शाह, सरोज खनाल, प्रशान्त ताम्राकार लगायत अन्य थुप्रै कलाकारहरूको अभिनय रहनेछ ।



    फास्ट न्युज    
  • २०८१ आश्विन १३, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट