काठमाडौं । दयाहाङ राई, जितु नेपाल, दीया मास्के र सिर्जना निङलेखु अभिनित चलचित्र ‘कार्साङ’ ले देशव्यापी १३० शो पाएको छ । शुक्रबारबाट रिलिज हुने चलचित्रको अग्रिम बुकिङ पनि खुला भएको छ ।
देशभरका हलले सुखद् सो दिँदै बुकिङ खुलाएसँगै देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा यो चलचित्रले काठमाडौँ उपत्यकामा २५ सो पाएको छ।
यसै गरी दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले आफ्ना तीनवटा आउटलेटमा १५ शो दिएको छ ।
त्यसैगरि, एफ क्युब सिनेमाजले र विएसआर मुभिजले सम्मान ६–६ शो उपलब्ध गराएका छन् । बिग मुभिजले, वान सिनेमाजमा भने बुकिङ खुला हुन बाँकी छ ।
२ घन्टा ५ मिनेटको ’कार्साङ’ले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ।
‘कार्साङ’मा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय छ।
अभिनेता दयाहाङ राईको नयाँ चलचित्र ६ महिनाको अन्तरालपछि हलमा लाग्दैछ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया