logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • बालकृष्ण सापकोटाको “चपुर घुम्न जाउँ” गीत सार्वजनिक, रविराज र मेलिनाको स्वर

    994Shares
    बालकृष्ण सापकोटाको “चपुर घुम्न जाउँ” गीत सार्वजनिक, रविराज र मेलिनाको स्वर

    काठमाडौं । बालकृष्ण सापकोटाको सांगितिक कोशेली ‘चपुर घुम्न जाउँ…’ गीतको भिडिओ सार्वजनिक भएको छ । आम जनता पार्टी (आजपा)का स्थायी कमिटी सदस्यसमेत रहेका गीतकार सापकोटाले आफ्नो गृहनगर चन्द्रपुरको ऐतिहासिक महत्व दर्शाएर गीत लेखेका हुन् ।

    चन्द्रपुरको प्रचारप्रसारको लागि लेखिएको गीतमा अहिलेका चर्चित गायक रविराज शाह र गायिका मेलिना राईको स्वर रहेको छ । गीतको भिडिओको छायाँकनमा चन्द्रपुरका ऐतिहासिक सांस्कृति, धार्मिक तथा पर्यटकीय ठाउँ समावेश गरिएको छ ।

    भिडिओको कन्सेप्टपनि स्वयम गीतकार सापकोटाको हो । भिडिओको निर्देशन भने देवेन्द्र कुशवाहको हो भने गीतको कम्पोज गायक शाहको हो । यो भिडियो गीत रविराज शाह औफिसिय यूट्टुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

    मधेस प्रदेशको रौतहट जिल्लाको उत्तरी क्षेत्रमा पर्ने चन्द्रपुरको आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले उक्त गीत निर्माण गरिएको गीतकार सापकोटाले जनाएका छन् । गीतकार सापकोटाको चपुर घुम्न जाउँ पहिलो गीत हो ।

    गीतकार सापकोटाको सुन्दर शब्द, चर्चित गायक शाह र राईको सुमधुर स्वर तथा कुशवाहाको सानदार भिडियो सम्पादनमा तयार भएको यो गितलाई अहिले यूट्युब च्यानलमा छोटो समयमै भाईरल भएको छ ।



    फास्ट न्युज    
  • २०८१ मंसिर ११, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट