logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • ‘पूर्णबहादुरको सारङ्गी’ को कमाइ ४० करोड

    1.1KShares
    ‘पूर्णबहादुरको सारङ्गी’ को कमाइ ४० करोड

    काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ले प्रदर्शनको २१ दिनसम्म ४० करोड रुपैयाँ नजिकको व्यापार गरेको छ ।
    वितरण कम्पनी ब्यांकेस इन्टरटेनमेन्टले बुधबारसम्मको ग्रस कलेक्सन सार्वजनिक गरेको छ ।

    पछिल्लो  सोमबार एक करोड ५० लाख, मंगलबार एक करोड १६ लाख र बुधबार एक करोड १२ लाख रुपैयाँ ग्रस कमाइ गरेको हो ।निर्माता विनोद पौडेलले पछिल्लो समय अस्ट्रेलियाली बक्स अफिसमा धेरै कमाइ गर्ने शीर्ष १० को सूचीमा ‘पूर्णबहादुरको सारङ्गी’ रहेको बताए ।
    सरोज पौडेल निर्देशित फिल्ममा विजयसहित प्रकाश सपुत, अन्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, देशभक्त खनाल, अलिशा बास्कोटा, भोलाराज सापकोटा लगायतको अभिनय छ।



    फास्ट न्युज    
  • २०८१ मंसिर ७, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट