logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • म्यान अफ दि इयर २०२४’को अडिसन खुला

    म्यान अफ दि इयर २०२४’को अडिसन खुला

    585
    SHARES
    म्यान अफ दि इयर २०२४’को अडिसन खुला

    काठमाडौं । सात लाख रुपैयाँ धनराशिको पुरस्कार रहेको पुरूषहरूको सौन्दर्य प्रतियोगिता ‘म्यान अफ दि इयर २०२४’को अडिसन खुला भएको छ । आयोजक कम्पनी ‘यू क्यान फ्लाई फेशन प्रालि’ले उक्त प्रतियोगिताको अडिसन आह्वान गरेको हो ।



    नेपालको सवैभन्दा ठुलो भनिएको उक्त पुरूष फेसन प्रतियोगिता पहिलो पटक हुन लागेको हो । देशव्यापी रूपमा खुला अडिसनपछि छनोट भएका अन्तिम प्रतियोगीले फाइनल स्पर्धामा भाग लिने आयोजकले जनाएको छ । यही अगष्ट ३१ बाट अडिसन सुरू हुँदा पहिलो अडिसन काठमाडौंमा हुनेछ भने सेप्टेम्बर ५ मा चितवन, सेप्टेम्बर ७ मा पोखरा, सेप्टेम्बर ८ मा बुटवल र सेप्टेम्बर १० मा काठमाडौंमा दोस्रो अडिसन हुनेछ ।

    अगस्ट ३१ मा काठमाडौंदेखि अडिसन सुरु हुने जनाइएको छ । सेप्टेम्बर ५ मा चितवन, सेप्टेम्बर ७ मा पोखरा, सेप्टेम्बर ८ मा बुटवल र सेप्टेम्बर १० मा काठमाडौंमा दोस्रो अडिसन हुनेछ । मोरङको विराटचोकमा सेप्टेम्बर १२ र विराटनगरमा सेप्टेम्बर १४ लाई अडिसन मिति तोकिएको छ ।

    प्रतियोगिताको दूतमा अभिनेता अनुपविक्रम शाही छन् । कोरियोग्राफरमा अभिनेता समेत रहेका प्रशान्त ताम्राकार छन् । मोडलिङ र फेसनको दुनियाँमा भविष्य खोजिरहेका युवालाई स्थान दिने उद्देश्यले प्रतियोगिता गर्न लागिएको आयोजक संस्थाकी प्रबन्ध निर्देशक स्वीकृति प्याकुरेलले बताइन् ।

    फिनाले नोभेम्बर २८ मा काठमाडौंमा हुनेछ । विजेताले नगद ७ लाख रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । नोभेम्बरमा थाइल्याण्डमा आयोजना हुने ‘म्यान अफ दी वर्ल्ड २०२४’ मा नेपालको प्रतिनिधित्व गर्ने आयोजक संस्थाका संस्थापक संसद शाहले बताए ।


    फास्ट न्युज
  • बिहिबार, ६ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट