logo

२०८३ आश्विन ५ सोमबार

logo
  • २०८३ आश्विन ५ सोमबार
  • धुमधाम धनतेरस: नयाँ भाँडाकुँडा किनमेलको चटारो

    1.1KShares
    धुमधाम धनतेरस: नयाँ भाँडाकुँडा किनमेलको चटारो

    काठमाडौं । आजदेखि नेपालीहरुको दोस्रो ठुलो चाड तिहार सुरु भएको छ ।

    धनतेरसको दिन नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने प्रचलन अनुसार आज नयाँ भाडा किनबेचका लागि चहलपहल बढेको छ । विशेषगरी दीपावलीको किनमेलको लागि आजको दिन उत्तम अनि शुभ मानिन्छ ।

    धार्मिक मान्यता अनुसार धनतेरसको दिन कमलको पुष्पाशनमा विराजमान माता लक्ष्मी र गणेशको मूर्ति वा तस्वीर घर भित्र्याउन निकै फलदायी हुनेछ ।

    दिन हिन्दु धर्मावलम्बीहरूले आयुर्वेदका प्रवर्तक धनवन्तरी र धनका देवता कुबेरको जन्मोत्सव मनाउने गर्दछन् ।

    आज परेको यो दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई धनधान्यले सम्पन्न गराउने धार्मिक विश्वास समेत रहेको छ ।

     



    फास्ट न्युज    
  • २०८१ कार्तिक १३, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट