logo

२०८१ कार्तिक २४ शनिबार

logo
  • शनिबार, २४ कार्तिक २०८१
  • शेयर बजार २७ अङ्कले बढ्यो, ५ अर्ब ३४ करोड रुपैयाँको कारोबार

    शेयर बजार २७ अङ्कले बढ्यो, ५ अर्ब ३४ करोड रुपैयाँको कारोबार

    663
    SHARES
    शेयर बजार २७ अङ्कले बढ्यो, ५ अर्ब ३४ करोड रुपैयाँको कारोबार

    काठमाडौं| नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार दोहोरो अंकले बढेको छ । शेयर बजार नेप्से परिसूचक २७ दशमलव ४१ अंकले बढेर दुई हजार ६ सय ४५ दशमलव ३६ बिन्दुमा पुगेको छ ।



    सोमबार सबै सेक्टरका सूचक बढेका छन् भने कारोबार रकम पनि बढेको छ । सोमबार तीन सय सात वटा कम्पनीका एक करोड चार लाख कित्ता शेयर पाँच अर्ब ३४ करोड रुपैयाँमा कारोबार भएका छन् । सोमबार सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको ३३ करोड रुपैयाँको शेयर किनबेच भयो ।

    सोमबार सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, बीमा, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अंकले उकालो लागेको छ । सोमबार जानकी फाइनान्स र दोल्ती पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर भने सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ ।


    फास्ट न्युज
  • सोमबार, १२ कार्तिक २०८१
  • सम्बन्धित समाचार