logo

२०८३ भाद्र २० शनिबार

logo
  • २०८३ भाद्र २० शनिबार
  • ४४ अंक बढ्यो नेप्से, घट्यो कारोबार

    1.3KShares
    ४४ अंक बढ्यो नेप्से, घट्यो कारोबार

    काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्सेसहित सबै समूहगत सूचक बढेका छन् ।नेप्से बढेपनि कारोबार रकम भने अघिल्लो दनिको तुलनामा केहि घटेको देखिएको छ । आईतबार नेप्से परिसुचक ७८ दशमलव ८३ अंक घटेर नेप्से परिसूचक अन्तिममा २ हजार ५०३ दशमलव ३५ विन्दुमा बन्द भएको थियो । आईतबारको कारोबारमा ६ अर्ब ७० करोड ७२ लाख रुपैयाँभन्दा बढीको १ करोड ४३ लाख ६४ हजारभन्दा बढी शेयर कारोबार भएकोमा आज भने कुल ३३० स्टकको ४ अर्ब ९७ करोड ५४ लाख ८ हजार ५४५ रुपैयाँ बराबरको ९९ लाख ४ हजार ८७४ कित्ता शेयर कारोबार भएको छ ।

    अन्य समूह सबैभन्दा धेरै ५.०१ प्रतिशत बढ्यो । बैंकिङ ०.२८, विकास बैंक १.४१, फाइनान्स १.०२, होटल तथा पर्यटन ३.३५, हाइड्रोपावर २.१०, लगानी २.२७, जीवन बीमा १.९२, उत्पादन तथा प्रशोधन १.५६, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा १.४४ तथा व्यापार समूह २.८१ प्रतिशत बढे ।

    त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३१ करोड ९१ लाख बराबरको कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्स कम्पनिको २६  करोड ४७ लाख बराबरको कारोबार भएको छ ।समग्रमा बजार बढेको दिन कर्पाेरेट विकास बैंकको शेयर भने सबैभन्दा धेरै ५ दशमलव २६ प्रतिशतले घटेको छ ।



    फास्ट न्युज    
  • २०८२ आश्विन २७, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट