logo

२०८३ जेष्ठ १८ सोमबार

logo
  • २०८३ जेष्ठ १८ सोमबार
  • बाँकेमा नाबालिका खाने चितुवा १९ दिनपछि नियन्त्रणमा

    898Shares
    बाँकेमा नाबालिका खाने चितुवा १९ दिनपछि नियन्त्रणमा

    बाँके । बाँकेमा बालिका खाने चितुवालाई १९ दिन पछि नियन्त्रणमा लिइएको छ ।
    बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–६ सिमलघारीबाट ढाई वर्षिया नाबालिका खाने चितुवालाई १९ दिन पछि नियन्त्रणमा लिइएको निकुञ्जले जनाएको छ ।

    खजुरा गाउँपालिका ६ का वीरेन्द्र पुनकी ढाई वर्षिया नाबालिका छोरी लक्ष्मी पुनलाई गत भाद्र ३० गते राती घरको आँगनबाट लगेर चितुवाले मारेको थियो ।। नाबालिका मृत अवस्थामा भेटिए लगत्तै बाँके र बर्दियाका वन कार्यालय, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय चितुवाको खोजिमा लागेका थिए । चितुवा नियन्त्रणका लागि आधुनिक खोर सामुदायिक जङ्गलमा राखिएकोमा १९ दिनपछि चितुवा खोरमा फँसेको हो । चितुवा नियन्त्रणका लागि बाँके र बर्दियाको बन तथा निकुञ्जका प्राबिधिकहरु निरन्तर खटिएका थिए । नियन्त्रणमा आएको चितुवालाई हाल वन डिभिजन कार्यालय बाँकेमा राखिएको छ । नियन्त्रणमा आएको चितुवालाई बर्दिया निकुञ्जमा छाड्ने बताइएको छ । आग्रह गरिएको अध्यक्ष तुफानले बताए ।



    फास्ट न्युज    
  • २०८१ आश्विन १९, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट