logo

२०८३ जेष्ठ १७ आईतवार

logo
  • २०८३ जेष्ठ १७ आईतवार
  • तीन दिनभित्र सरुवा भएका कर्मचारी हाजिर गराएर काज फिर्ता नगरे कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

    1.5KShares
    तीन दिनभित्र सरुवा भएका कर्मचारी हाजिर गराएर काज फिर्ता नगरे कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कर्मचारी प्रशासन शाखाले संघीय अस्पताल तथा मातहतका कार्यालयलाई तीन दिनभित्र कर्मचारीहरुलाई हाजिर नगराए विभागीय कारबाही गरिने व्यहोराको पत्र पठाएको छ ।सरुवा भए पनि कर्मचारीहरूलाई हाजिर नगराइएको तथा काजमा लामो समय कार्यरत रहेको गुनासोपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले यसलाई रोक्न तीन दिनभित्र हाजिर गराउने व्यवस्था गर्न अधिकारीहरूलाई भनेका थिए ।

    लगत्तै मन्त्रालयको कर्मचारी प्रशासन शाखाले संघीय अस्पताल तथा मातहतका कार्यालयमा पत्र पठाउँदै तीन दिनभित्र कर्मचारीहरुलाई हाजिर नगराए विभागीय कारबाही तथा सेवा सुविधा वागतको रकम असुलउपर गर्ने सचिवस्तरीय निर्णयको ब्यहोरासहितको पत्र पठाएको हो ।

    स्वास्थ्य सेवामा आफ्नो दरबन्दी भन्दा बाहिर काजमा बस्ने प्रवृत्ति धेरै रहेको र यसकै कारण सरुवा भएकालाई समेत हाजिर गराउन नसकिएको गुनासो सुनिने गरेको थियो । सोही गुनासो सम्बोधन गर्न मन्त्रालयले कडा चेतावनीसहितको पत्र पठाएको हो ।
    मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अटेर गरेमा विभागीय कारबाही गरिने बताए ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ २८, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट