logo

२०८३ जेष्ठ ६ बुधबार

logo
  • २०८३ जेष्ठ ६ बुधबार
  • एकान्तकुनाको अवैध कल सेन्टरमा सिआइबीको छापा,चिनियाँसहित ५० जना पक्राउ

    922Shares
    एकान्तकुनाको अवैध कल सेन्टरमा सिआइबीको छापा,चिनियाँसहित ५० जना पक्राउ

    काठमाडौ । अवैध रूपमा कल सेन्टर चलाएर ठगी गर्दै आएको आरोपमा प्रहरीले ललितपुरको एकान्तकुनाबाट ५० जनालाई नियन्त्रणमा लिएको छ।

    ललितपुर महानगरपालिकास्थित एकान्तकुनामा रहेको एक घर भाडामा लिएर अवैध कल सेन्टर चलाइरहेको खबर पाएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छापा मारेको हो।

    बुधबार सिआइबीको टोलीले कल सेन्टरबाट ५० जनालाई नियन्त्रणमा लिएको एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

    ५० जनामध्ये दुई जना चिनियाँ नागरिक र एक जना फिलिपिनो नागरिक छन्। अन्य व्यक्तिहरूको स्क्रिनिङ भइरहेको एसपी बोगटीले बताए।
    प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



    फास्ट न्युज    
  • २०८१ भाद्र २७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट