logo

२०८३ भाद्र २८ आईतवार

logo
  • २०८३ भाद्र २८ आईतवार
  • खोटाङमा पहिरोले ३३ घर पुरिए, बाढीले मोटरेवल पुल बगायो

    1.1KShares
    खोटाङमा पहिरोले ३३ घर पुरिए, बाढीले मोटरेवल पुल बगायो

    खोटाङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले खोटाङमा पुर्ण तथा आंसिक गरि ७० भन्दा बढी घरहरु क्षति भएको छ।त्यस्तै एउटा पक्की बगाउनुका साथै पाँचवटा झोलुङ्गे पुलमा क्षति पुगेको छ।
    तीन दिनदेखि लगातार परेको भीषण वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा आएको बाढी तथा पहिरोले ३३ वटा घर पूर्णरुपमा क्षति गर्नुका साथै ३८ वटा घरमा आंशिक क्षति गरेको हो ।
    बाढी तथा पहिरोका कारण जिल्लामा मानवीय क्षति नभए पनि दुई जना स्थानीयबासी घाइते भएको छ भने करोडौँको धनमालमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।

    विस्थापितहरुको उद्धारमा जिल्लास्थित तीनवटै सुरक्षा निकायका टोली परिचालन गरेको पनि उनले बताए ।
    बाढी तथा पहिरो पीडितलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनःस्थापनाका लागि आइतबार जिल्ला विपद् व्यवस्थापन समितिको बसेको बैठकमा उक्त जानकारी गराएका हुन।
    बाढी तथा पहिरोबाट दुई जना स्थानीय घाइते भएको १८ वटा पशुचौपाया पुरिएर मरेको जानकारी गराउदै उनले भने “बाढी तथा पहिरोले जिल्लामा ठूलो क्षति गरेको छ । जिल्लामा भएका क्षतिको पूर्ण विवरण अझै आइसकेका छैनन्”,

    बाढी तथा पहिरोले घर बगाएर विस्थापित बनेका १३५ जना स्थानीयबासीलाई नजिकको विद्यालय तथा आफन्तकामा सारिएको बैठकमा सहभागी जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरिक्षक पुरुषोत्तम खड्काले जानकारी दिए । “



    फास्ट न्युज    
  • २०८१ आश्विन १४, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट