logo

२०८२ असार ५ बिहिबार

logo
  • बिहिबार, ५ असार २०८२
  • भारत सरकारकी राज्यमन्त्री रक्षा खड्सेले सेनाको जहाजमा लग्यो भारतीय पर्यटकको शव

    718Shares
    भारत सरकारकी राज्यमन्त्री रक्षा खड्सेले सेनाको जहाजमा लग्यो भारतीय पर्यटकको शव

    चितवन । बस दुर्घटनामा ज्यान गुमेका २७ भारतीय पर्यटकको शव शनिबार भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्सेले लिएर गएको छ।
    भारतीय सेनाको जहाजले २५ वटा शव भरतपुर विमानस्थलबाट गोरखपुर लगेको छ । चालक र सहचालकको शव भने एम्बुलेन्सबाट पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

    शुक्रबार पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बस तनहुँको आँबुखैरेनी गाउँपालिका ऐनापहराबाट मर्स्याङ्दी किनारमा खस्दा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।
    घाइतेको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । २७ जना मृतकको शव भने पोस्टमार्टमका लागि चितवनको भरतपुर अस्पताल पठाइएको थियो ।

    शनिबार भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्सेले काठमाडौं आएर घाइतेहरुसँग भेट गरिन् । त्यसपछि भरतपुर गई शव जिम्मा लिएर भारत लिएर गएकी हुन् ।
    बस चालक र सहचालकको घर भने नेपाली सीमाबाट नजिकै रहेकाले एम्बुलसेन्सबाट पठाइएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।



    फास्ट न्युज    
  • २०८१ भाद्र ८, शनिबार १५:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार