logo

२०८१ माघ २७ आइतबार

logo
  • आइतबार, २७ माघ २०८१
  • टिकटकमाथिको प्रतिबन्ध हटाउने मन्त्रीस्तरको निर्णय, आज बिहीबारदेखि चल्ने

    टिकटकमाथिको प्रतिबन्ध हटाउने मन्त्रीस्तरको निर्णय, आज बिहीबारदेखि चल्ने

    715
    SHARES
    टिकटकमाथिको प्रतिबन्ध हटाउने मन्त्रीस्तरको निर्णय, आज बिहीबारदेखि चल्ने

    काठमाडौं ।सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज (बिहिबार) बाट चल्ने गरी सामाजिक संजाल टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको हो ।



    सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतका अनुसार मन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार टिकटकमा लगाइएको प्रतिबन्ध हटाउने मन्त्रीस्तरको निर्णय गरेका हुन् । बुधबार मन्त्रीस्तरमा भएको प्रतिबन्ध हटाउने निर्णयलाई आज  नियमित बस्ने क्याबिनेट बैठकमा पेस गरिने भएको छ ।

    पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २७ कात्तिक २०८० मा सामाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

    टिकटकले भने लिखित पत्र लेखेर नेपालका सबै कानुन र शर्त मान्ने लिखित प्रतिबद्धता जनाएर प्रतिबन्ध हटाउन माग गर्दै आएको थियो । तर चिनियाँ राजदूत छन सोङले हरेकजसो राजनीतिक भेटवार्तामा टिकटकको प्रतिबन्धबारे चासो राख्दै आएका थिए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीकै अग्रसरतामा मंगलबार सरकारले टिकटक खुला गर्ने विकल्पबारे कम्पनीका नेपाल प्रतिनिधि लगायतसँग परामर्श अघि बढाएको छ । यसबिचमा टिकटकले प्रतिबन्ध फुकुवाको माग गर्दै सरकारलाई ८ वटा पत्र पठाइसकेको छ । सरकारको सो निर्णयले अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्दै टिकटक प्रतिबन्धको विषयमा सर्वोच्च अदालतमा छुट्टाछुट्टै १४ ओटा रिट दायर भएका थिए ।

    यी सबैलाई एकमुष्ट हेर्ने गरी अदालतले आगामी असोज १० का लागि पेशी तोकेको छ । गुगल, एप्पल, मेटा, अमेजन, याहु, लिंक्डइन, राकुटेन, स्पटिफाई जस्ता सामाजिक सञ्जाल कम्पनीहरूको प्रतिनिधि संस्था एसिया इन्टरनेट कोअलिसन ९एआईसी० ले उचित कानुनी प्रावधानबिना नेपाल सरकारले टिकटकमा प्रतिबन्ध र अन्य एपमा पनि निगरानीको तयारी थाल्नु अन्तर्राष्ट्रिय अभ्यासविपरीत भएको भन्दै पत्र पठाएको थियो ।


    फास्ट न्युज
  • बुधबार, ५ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट