logo

२०८२ माघ ११ आईतवार

logo
  • २०८२ माघ ११ आईतवार
  • टिकटकमाथिको प्रतिबन्ध हटाउने मन्त्रीस्तरको निर्णय, आज बिहीबारदेखि चल्ने

    886Shares
    टिकटकमाथिको प्रतिबन्ध हटाउने मन्त्रीस्तरको निर्णय, आज बिहीबारदेखि चल्ने

    काठमाडौं ।सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज (बिहिबार) बाट चल्ने गरी सामाजिक संजाल टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको हो ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतका अनुसार मन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार टिकटकमा लगाइएको प्रतिबन्ध हटाउने मन्त्रीस्तरको निर्णय गरेका हुन् । बुधबार मन्त्रीस्तरमा भएको प्रतिबन्ध हटाउने निर्णयलाई आज  नियमित बस्ने क्याबिनेट बैठकमा पेस गरिने भएको छ ।

    पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २७ कात्तिक २०८० मा सामाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

    टिकटकले भने लिखित पत्र लेखेर नेपालका सबै कानुन र शर्त मान्ने लिखित प्रतिबद्धता जनाएर प्रतिबन्ध हटाउन माग गर्दै आएको थियो । तर चिनियाँ राजदूत छन सोङले हरेकजसो राजनीतिक भेटवार्तामा टिकटकको प्रतिबन्धबारे चासो राख्दै आएका थिए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीकै अग्रसरतामा मंगलबार सरकारले टिकटक खुला गर्ने विकल्पबारे कम्पनीका नेपाल प्रतिनिधि लगायतसँग परामर्श अघि बढाएको छ । यसबिचमा टिकटकले प्रतिबन्ध फुकुवाको माग गर्दै सरकारलाई ८ वटा पत्र पठाइसकेको छ । सरकारको सो निर्णयले अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्दै टिकटक प्रतिबन्धको विषयमा सर्वोच्च अदालतमा छुट्टाछुट्टै १४ ओटा रिट दायर भएका थिए ।

    यी सबैलाई एकमुष्ट हेर्ने गरी अदालतले आगामी असोज १० का लागि पेशी तोकेको छ । गुगल, एप्पल, मेटा, अमेजन, याहु, लिंक्डइन, राकुटेन, स्पटिफाई जस्ता सामाजिक सञ्जाल कम्पनीहरूको प्रतिनिधि संस्था एसिया इन्टरनेट कोअलिसन ९एआईसी० ले उचित कानुनी प्रावधानबिना नेपाल सरकारले टिकटकमा प्रतिबन्ध र अन्य एपमा पनि निगरानीको तयारी थाल्नु अन्तर्राष्ट्रिय अभ्यासविपरीत भएको भन्दै पत्र पठाएको थियो ।



    फास्ट न्युज    
  • २०८१ भाद्र ५, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट