logo

२०८२ कार्तिक २६ मंगलबार

logo
  • २०८२ कार्तिक २६
  • सोलुखम्बुको थामेमा एक्कासि आएको बाढीले केही घर बगायो, केही घर जोखिममा

    823Shares
    सोलुखम्बुको थामेमा एक्कासि आएको बाढीले केही घर बगायो, केही घर जोखिममा

    विराटनगर । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामे गाउँमा आएको बाढीले केही घर बगाएको छ । हिम ताल फुटेर बाढी आएको आशंका गरिए पनि यकिन भइसकेको छैन । दूधकोशी नदीमा आएको बाढीले ४ वटा घर र एउटा होस्टेल बगाएको प्रहरीले जनाएको छ । थामेमा ४० घरको बस्ती भएपनि अहिले सबै घरमा परिवार नरहेको प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरीक्षक रोशन खड्काले अहिलेसम्म मानवीय क्षतिको विवरण नआएको बताए । घटनास्थलमा प्रहरी पुगेको र क्षति विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय सोलुका प्रमुख प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले थामे गाउँमा ठूलो बाढी आएको बताए । उनले भने, ‘अहिले भर्खरै प्रहरीको टोली पुगेको छ । घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी छ ।’बाढी के कारण आयो भन्ने अहिलेसम्म पुष्टि भइनसकेको उनको भनाइ छ ।



    फास्ट न्युज    
  • २०८१ श्रावण ३२, शुक्रबार ११:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार