logo

२०८२ माघ ६ मंगलवार

logo
  • २०८२ माघ ६ मंगलवार
  • आगामी महाधिवशेनमा मेरो स्वतः सभापतिमा दाबी हुनेछ: शेखर कोइराला

    862Shares
    आगामी महाधिवशेनमा मेरो स्वतः सभापतिमा दाबी हुनेछ: शेखर कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टीको आगामी महाधिवशेनमा सभापतिमा उठ्ने बताएका छन् ।

    बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अघिल्लो महाअधिवेशनमा पराजित भएको निकटतम प्रतिद्वन्द्वी भएका कारण आगामी महाधिवेशनमा स्वतः दाबी रहने बताए ।

    देशभर भ्रमण गरेर नेता कार्यकर्ता भेटघाटमा रहेको र उम्मेदवारीका विषयलाई अन्यथा लिन नहुने उनको प्रष्टोक्ति छ । कोइरालाले मुलुकलाई स्थायित्व दिनका लागि ठूला दलबीच समीकरण बनेको भन्दै यसलाई सफल बनाउनुपर्ने बताए ।

    राजनीतिक स्थायित्वका लागि संविधानमा सुधार गर्नुपर्ने र निर्वाचन प्रणालीका बारेमा संशोधन आवश्यक रहेको नेता कोइरालाको भनाइ थियो । उनले कोशी सरकारका विषयमा केन्द्रमा छलफल भइरहेकाले एक साताभित्र कांग्रेस सहभागी हुने सम्भावना देखाए ।



    फास्ट न्युज    
  • २०८१ श्रावण ३१, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार