logo

२०८१ माघ ५ शनिबार

logo
  • शनिबार, ५ माघ २०८१
  • चित्रबहादुरले प्रचण्डलाई सोधे- पदका लागि बालकोट र बुढानीलकण्ठ धाउन जनयुद्ध गर्नुभएको थियो ?

    चित्रबहादुरले प्रचण्डलाई सोधे- पदका लागि बालकोट र बुढानीलकण्ठ धाउन जनयुद्ध गर्नुभएको थियो ?

    507
    SHARES
    चित्रबहादुरले प्रचण्डलाई सोधे- पदका लागि बालकोट र बुढानीलकण्ठ धाउन जनयुद्ध गर्नुभएको थियो ?

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सशस्त्र द्वन्द्वको क्रममा निर्दोष जनतामाथि भएको कारबाही, मानव अधिकारको हनन, महिलामाथिको यौन उत्पीडन वा अपराधजन्य कार्यको कारबाही सुनिश्चित हुनुपर्ने बताएका छन् ।



    प्रतिनिधिसभामा टीआरसी विधेयकमाथिको छलफलका क्रममा उनले पीडितलाई चित्त नबुझे अदालत जान पाउँछन् भन्नु हाँस्यास्पद भएको टिप्पणी गरे । उनले अदालत कसरी र कोबाट चल्छन् भन्ने आफूहरुले देखिसकेको बताए । सांसद केसीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सत्ता केन्द्रित भएको आरोप लगाए ।

    उनले अगाडि भने, ‘२० महिनामा पदको लागि दुई चोटी बालकोट, दुई पटक बुढानीलकण्ठ, जनयुद्ध थियो यो रु अरु देशमा जनयुद्ध हुँदा यस्तो हुन्छ रु जनयुद्ध सकिएपछि सशस्त्र द्वन्द्वको क्रममा एकातिर माओवादी र अर्कातिर सत्तापक्षबाट निर्दोष जनतामाथि भएको कारबाही, मानव अधिकारको हनन, महिलामाथिको यौन उत्पीडन भएका छन् । त्यसबाहेक सबै अपराधजन्य घटनामा संलग्नलाई कारबाही हुनुपर्छ ।’


    फास्ट न्युज
  • बुधबार, ३० साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट