logo

२०८२ मंसिर २८ आईतवार

logo
  • २०८२ मंसिर २८ आईतवार
  • सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिने

    814Shares
    सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिने

    कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन् । २० साउनमा मुख्यमन्त्री नियुक्त भएका शाहले प्रदेश सभा सचिवालयलाई पत्र पठाउँदै बुधबार विश्वासको मत प्रयोजनका लागि व्यवस्थापन गरिदिन आग्रह गरेका हुन् ।

    सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिनेगरी पत्र पठाएको बताउँदै प्रदेश सभा सचिवालयले आवश्यक व्यवस्थापन गरिरहेका जानकारी दिए । उनकाअनुसार बैठकको समय निर्धारण गर्न भने बाँकी रहेको छ ।

    कांग्रेस–एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका शाहले विश्वासको मत लिइसकेपछि चालु आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेका छन् ।



    फास्ट न्युज    
  • २०८१ श्रावण २८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार