logo

२०८३ आश्विन २३ शुक्रबार

logo
  • २०८३ आश्विन २३ शुक्रबार
  • सुहाङले आज सांसद पदको शपथ लिँदै

    1.2KShares
    सुहाङले आज सांसद पदको शपथ लिँदै

    काठमाडौं। गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले आज शपथ लिने भएका छन्।नेम्वाङको सांसद पदको शपथ ग्रहण कार्यक्रम ११ बजे सिंहदरबारस्थित कृषि समितिको हलमा हुने तय गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

    उनी इलाम क्षेत्र नम्बर २ मा २७ हजार ७७२ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याएका थिए। खड्काभन्दा नेम्वाङ ५ हजार ७ सय ८० मतान्तरसहित विजयी थिए ।

     



    फास्ट न्युज    
  • २०८१ बैशाख २६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट