logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • जेन-जी सहिद परिवारद्वारा तीनवटा मन्त्रालयको माग

    1KShares
    जेन-जी सहिद परिवारद्वारा तीनवटा मन्त्रालयको माग

    काठमाडौं । जेन-जी सहिद परिवारले सरकारसमक्ष तीनवटा मन्त्रालयको माग गरेका छन् । बिहीबार राजधानीको संवाद डबलीमा सहिद परिवार संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरी सहिदको रगतबाट बनेको सरकारले आफूहरूलाई नै बेवास्ता गरेकाले खबरदारीका लागि भएपनि आफूहरूको उपस्थिति क्याविनेटमा जरुरी भएको बताए ।

    सहिद श्रीयाम चौलागाईका बुबा गणेश चौलागाईले प्रधानमन्त्री शुसिला कार्कीदेखि विभिन्न जेन–जी समूह कसैले पनि आफूहरुलाई वास्ता नगरेकोप्रति रोष व्यक्त गरे । चौलागाईले विभिन्न मन्त्रालयहरूमा पटक(पटक ज्ञापनपत्र बुझाउँदा पनि सरकारबाट माग सम्बोधन नहुँदा आफूहरू पीडित र सहिद परिवारले गहिरो पीडा भोग्नुपरेको गुनासो गरेका हुन् ।

     



    फास्ट न्युज    
  • २०८२ आश्विन २३, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट